ताजा खबर
पूर्वमा चितवन जिल्ला, पश्चिममा नवलपरासी (वर्दघाट सूस्ता पश्चिम) जिल्ला, उत्तरमा पाल्पा र तनहुँ जिल्ला र दक्षिणमा चितवन जिल्ला र भारतको उत्तर प्रदेश तथा विहार राज्य रहेको यस जिल्लाको कुल क्षेत्रफल १४२५.८४ वर्ग कि.मि. मध्ये ९४.८२ वर्ग कि.मि. चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने र निकुन्ज वाहिरको बाँकि १३३१.८४ वर्ग कि.मि. क्षेत्रफल मध्ये १४८.९२ वर्ग कि.मि. क्षेत्रफल चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र रहेको र बाँकि ११८२.०९ वर्ग कि.मि. क्षेत्रफल डिभिजन वन कार्यालय नवलपुरको कार्यक्षेत्र रहेकाले सो क्षेत्रको वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, संवर्धन र विकास सम्वन्धी कार्यहरु डिभिजन वन कार्यालय नवलपुरबाट हुंदै आएको छ । नवलपरासी (ब.सु.पू.) जिल्लामा भएको वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, सम्वद्र्घन तथा विकास कार्यक्रमहरु सुचारु रुपले संचालन गर्न र वन जङ्गलमा हुने अवैध चोरी निकासी, वन डढेलो नियन्त्रण, वन्यजन्तु सम्वन्धि अवैध शिकार तथा अपराधहरुको नियन्त्रण तथा घाईते वन्यजन्तुहरुको उद्धार तथा पुर्नस्थापना गरी जैविक विविधता संरक्षणमा टेवा पु¥याउने कार्यका साथै वन्यजन्तुको लागि वासस्थान संरक्षण तथा वन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण तथा कानुनी कार्वाही गर्नै, वन अतिक्रमण तथा वन डढलोबाट हुने वन विनाश कार्यलाई रोकथाम र नियन्त्रण गरी स्थानीय बासिन्दाहरुको वन पैदावारको आवश्यकता सतत् रुपमा परिपूर्ति गरी सामाजिक तथा आर्थिक विकास गर्न र स्वस्थ वातावरण प्रवद्र्धनका लागि यस कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ ।